राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान

पुस २८, काठमाडौ । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा राष्ट्रपतिले संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन बिहान ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन बस्ने गरी आव्हान गर्नुभएको हो।

आगामी अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, सरकारका नीति तथा कार्यक्रम, विधेयकहरू र राष्ट्रिय सरोकारका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more