सर्लाहीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

भदौ १५, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–६ सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा सोही टोलका शिवशरण पासवानका छोरा छोटेलाल पासवानकी पाँच वर्षीया छोरी आरुही पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। शनिबार दिउँसो खेल्ने क्रममा आरुही घर नजिकैको पोखरीमा डुबेको र परिवारजनले खोजतलास गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेकी हुन्।

बालिकाको असामयिक निधनले स्थानीय समुदाय शोकाकुल बनेको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा पठाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more