बारामा सवारी दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भीर घाइते

भदौ १५, सिमरा  । बारामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ पानीटंकी नजिकै शनिबार भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ। अन्य दुई जना गम्भीर घाइते रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा आएको सवारी साधन अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more