सर्लाहीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

भदौ १५, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–६ सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा सोही टोलका शिवशरण पासवानका छोरा छोटेलाल पासवानकी पाँच वर्षीया छोरी आरुही पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। शनिबार दिउँसो खेल्ने क्रममा आरुही घर नजिकैको पोखरीमा डुबेको र परिवारजनले खोजतलास गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेकी हुन्।

बालिकाको असामयिक निधनले स्थानीय समुदाय शोकाकुल बनेको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा पठाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    दश दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव धान खेतमा फेला, देवडिहा शोकमा

    Read more

    डीडीसीमा १२ करोडभन्दा बढीको गैरकानुनी लाभ लिएको आरोपमा पूर्वमहाप्रबन्धक झासहित ८ जना पक्राउ

    Read more