गुणस्तरीय ज्ञानका लागि पुस्तकालय

-✍️ प्रमोद  कुमार झा, अध्यक्ष ,नेपाल पुस्तकालय संघ मधेस प्रदेश

शिक्षा कुनै एकपटकको प्रकृया होइन, यो निरन्तर सिकाइ, सोच, र ज्ञानको अभिवृद्धिको प्रकृयाहो। यही सन्दर्भमा पुस्तकालय र ज्ञान व्यवस्थापनलाई शिक्षा प्रणालीको मेरुदण्ड को रूपमा पुनः स्थापित गर्नु पर्ने आजको आवश्यकता हो। कुनै पनि देशको कला संस्कृति र शिक्षा विकासको वृद्धि गर्ने आधारवनि पुस्तकालयने है। पुस्तकालय केवल भौतिक भवन होइन,यो लोकतांत्रिक पहुँच, बहु यीस्कृतिक चेतनार /ज्ञानको स्वतन्त्रता सुनिश्चित गर्ने साधन हो। तसर्थ पुस्तकालयलाई यलटरी तुलना गर्न सकिन्छः कुनै सूचना चाहिने व्याक्ति विरामि हो, पुस्तकालय अस्पतालहो भने लाइब्रेरियन डाक्टर र पुस्तक औषधिहो ।

आजको नेपालको सन्दर्भमा सूचना र श्रोत पहुँचबिना गुणस्तरीय शिक्षा सम्भव छैन। पुस्तकालयले बालबालिका, युवा, महिला, अपाङ्गता भएका व्यक्तिहरू, ग्रामीण क्षेत्रका जनसाधारण र समाजका सबै तहका नागरिकलाई समान अवसर दिन्छ। यिनै कारणले पुस्तकालयलाई विद्यालय सुधारयोजनामा अनिवार्य अंगको रूपमा समावेश गर्नु आवश्यक छ।

हामी सबैलाई अवगत छः नेपालभर ४० हजारभन्दा बढी शिक्षण संस्था छन, १००० भन्दा बढि सार्वजनिक तथा सामुदायिक पुस्तकालय छन तर यथार्थ के छ भने यी मध्ये बहु‌संख्यक शिक्षालयमा पुस्तकको संख्या अवस्था अत्यन्तै कमजोर छ।

कतिपय विद्यालयमा त भवन र नाममात्र को पुस्तकालय छ । कतै कर्मचारी छैनन। कतै पुस्तक छ तर प्रयोग छैन । यो सन्देश स्पष्ट छ-पुस्तकालयमाई हामीले शब्द‌मा महत्त्व दिएका छौ, तर व्यवहारमा उपेक्षा गरेका छौं ।

संघीय शासन प्रणालीले तीन तह‌मा पुस्तकालय विकासको अवसर दिइ सकेको छ । संघीय सरकारले सार्वजनिक सामुदायिक पुस्तकालय कार्यविधि-2068 लागू गर्दै के खं र ‘ग’ वर्गका पुस्तकालय लाई रू० १० लाख सम्मको अनुदान दिन थालेको हव संस्थागत विद्यालय मापदण्ड २०६९ अनुसार विद्यालय पुस्तकालयका लागडी का छलाख पचास हजार को एकमुष्ट अनुदान उपलब्ध बकर प्रत्येक पुस्तकालयमा योग्य पुस्तकालयकर्मी अनिवार्य गरिनुपर्छ भन्ने प्रावधान पनि छ। फिश्वविद्यालय अनुदान आयोगले क्यामास पुस्तकालय सुधारक लागि रु १५ लाख सम्मको अनुदान दिदै आएको छ।

प्रदेश सरकारहरू पनि सकृय छन – गण्डकी प्रदेशले उदाहरणीय रुपमा १५ पुस्तकालय लाई स्तरोन्नति गर्न सहयोग गरेको छ। व्यस्तै प्रणमति प्रदेशले स्थानीय तह सँगको साझेदारीमा कार्यविधि २०७८ ल्याएर सामुदायिक पुस्तकालय सुदृढिकरण मा उल्लेखनीय योगदान दिएको छ।

तर हामी यथार्थबाट भाग्न सक्दैनौं। यो अनुदान, कार्यक्रम र नीतिहरुको प्रभाव कतिपय ठाउँमा देखिएको भए पनि व्यापक रूपमा अनियमितला पारदर्शिता को अभाव र बजेटको दुरुपयोग सम्बन्धी गुनासा गम्भीर छन। अध्ययनहरुले देखाएका छन – कतिपय विद्यालयहरु ले पुस्तकालय को नाममा बजेट हिनामिना गरेका छन । बुककर्नर योजनामा हरेक बर्ष झण्डै डेढ़ अर्न खर्च हुँदासमेत विद्यार्थीहरु आवश्यक पाठ्यसामग्रीबाट बञ्चित बसा राजधानीको विद्यालयमा समेत सन्दर्भ पुस्तक पुग्दैन भने सुदूर गाँउको अवस्था कस्तो होला ?

यी समस्या केवल बजेटको होइन। जवाफदेहीता व्यवस्था क्षमताको अभाव र राजनीतिकइच्छाशक्ति को पनि हो। यसरी हेर्दा पुस्तकालयको वास्तविक मूल्य र संभावना लाई अझै सरकारले आवश्यक गम्भीरतासाथ नलिएको स्पष्ट देखिन्छ।

नेपाल पुस्तकालय संघले बिगत छदशक देखि देशभरका पुस्तकालयहरुमा नीतिगत समर्थन, तालीम, मूल्याङ्कन, डिजिटलाइजेसन, प्रविधिहरुक हस्तान्तरण र चेतना फैलाउने अभियान चलाउँदै आएको छ। हामी प्रत्येक प्रदेशगा मोडल डिजिटल पुस्तकालय र ज्ञानकेन्द्र (Knowledge Hub) स्थापना को पक्षमा छौं। डिजिटल युगया Koha, Moodle, Dspace, Resource space जस्ता प्रणालीद्योज गार शिक्षक विद्यार्थी र अनुरुधानकर्ताहरूलाई गुणस्तरीय ज्ञानमा पहुँच सहज बनाउन सकिन्छ।

त्यसका लागि हामीले :-

1. प्रदेश पुस्तकालय रेन तत्काल ल्याइनुपर्दा आए‌ले पुस्तकालयको वर्गीकरण, सेवामानक, पेशागत मापदण्ड र अनुगमन संयन्त्र स्पष्ट पारोस ।

२. पुस्तकालयलाई शैक्षिक पूर्वाधारका रूपमा संवैधानिक भान्यता दिइ‌योस र विद्यालय, क्याम्पस, विश्वविद्यालय तथा वालिकाहरु‌मा पुस्तकालय अनिवार्य गरियोस।

२. प्रदेश शिक्षा मन्त्रालयबाट डिजिटल पुस्तकालय प्रबर्धन योजना ल्याइयोस जस अन्तर्गत सबै विद्यालय र पालिकामा डिजिटल र भौतिकपुस्तकालय सज्जाल विस्तार गरियोस ।

४ पुस्तकालय ऐन अन्तर्गत स्थानीयतहमा पुस्तकालय विकास कोष स्थापना गरियोस र व्यस‌मा स्थानीय सरकार, निजिक्षेत्र, आइएनजीओ र प्रवासी नेपाली हरुको साभेदारी सुनिश्चित गरियोस ।

५. मधेश पुस्तकालय फोरम को स्थापना गरियोस जसले मधेश त्पदेशभरका पुस्तकालयहरूलाई एकीकृत रुपले समन्वय, तालिम, नवपवर्तन-प्रविधि र अनुगमनको ढाँचा तयार पारोसा

६. पुस्तकालय शिक्षक तथा पुस्तकालय विद्वानका विद्यार्षहरु लाई शिक्षक सेवा आयोग मार्फत स्थायी दरबन्दीमा समावेश गरियोस र प्रदेश स्तरमा पुस्तकालय तालीमकेन्द्र स्थापना गरियोस ।

हामी पुस्तकाललाई केवल पुस्तक राख्ने ठाँउ होइन ज्ञानको लोकतांत्रिक त्प्रयोगशाला बनाउने सपना देखिरहेक छौं। जहाँ बालबालिकाले भविष्य बनाऊँष्ण, शिक्षक ले अनुसन्धान गर्छन, अभिभावकले आफ्नो समस्याको समाधान पाँउदछन, पत्रकारले समाचार पॉडल र समाजले सहअस्तित्व सिक्छ ।

अन्त्यमा, नेपाल पुस्तकालय संघ सबै स्थानीय निकाय, प्रदेश र संघीय सरकार सँग सहकार्य गर्न पूर्ण प्रतिबद्ध छ। हामी पुस्तान्तरण होझ झानान्तरण चाहन्छौं । तमी विद्यार्थी, शिक्षक, अभिभावक लगायत आम जनसमुदायमा पठन संस्कृतिको विकास गर्ने अठोटका साथ दृढ़ संकल्पित हैं।। त्यसैले हामी सबैले आजैबार पुस्तकालयलाई शिक्षा सुधारको मूल आधार बनाउने सनिठासिक प्रतिबद्धता गरौं। किन भने पुस्तकालय बिना गुणस्तरीय ज्ञान सम्भव छैन र ज्ञान बिना समृद्धस्था समृद्ध प्रदेश र समृद्ध नेपाल सम्भवछैन । धन्यवाद

  • सम्बन्धित समाचारहरु

    विदेश अध्ययनका लागि एनओसी अब पूर्ण रूपमा अनलाइन, घरमै बसेरै प्रमाणपत्र प्राप्त गर्न सकिने

    Read more

    वीरगंज महानगरपालिकाले सुरु गर्‍यो भर्ना अभियान, वैशाख १५ देखि नियमित पठनपाठन

    Read more

    Leave a Reply