शिक्षा ऐनविरुद्ध जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूको शान्तिपूर्ण प्रदर्शन

भदौ १८, जनकपुरधाम।  नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने उद्देश्यले ल्याउन खोजिएको भन्दै जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूले अन्तिम पटक जिल्लास्तरीय शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।

बुधबार आयोजित कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयका प्रतिनिधिहरूले आफ्ना निजी भवनबाट विरोध र्याली निकालेर जनकपुरधामका विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर कोणसभामा परिणत गरेका थिए।

कोणसभामा धनुषा जिल्ला प्याब्सनका अध्यक्ष नवल यादवले आजको कार्यक्रम अन्तिम पटक जिल्ला केन्द्रित विरोध भएको उल्लेख गर्दै अब २३ गते देशभरका निजी विद्यालय सञ्चालकहरू काठमाडौं पुगेर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरी मागबारे ध्यानाकर्षण गराउने जानकारी दिए।

उनले २५ गते काठमाडौंमा वृहत विरोध र्याली निकाल्ने घोषणा गर्दै सरकारले आफ्नो माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने स्पष्ट पारे।

प्रदर्शनका क्रममा सञ्चालकहरूले नयाँ शिक्षा ऐनले निजी विद्यालयहरूको अस्तित्व र स्वतन्त्रता संकटमा पार्ने भन्दै त्यसलाई खारेज गर्न सरकारसँग माग दोहोर्याएका थिए।

 

  • सम्बन्धित समाचारहरु

    धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

    Read more

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more