जनकपुरधाम उपमहानगरले वेवारिसे चौपाया नियन्त्रणमा सहयोगको अपिल

भदौ १८ , जनकपुरधा।  जनकपुरधाम उपमहानगरपालिकाले सडकमा छाडा रूपमा विचरण गर्ने चौपाया नियन्त्रणका लागि सरोकारवाला संघ–संस्था, नागरिक समाज र सर्वसाधारणसँग सुझाव तथा सहयोग गर्न अपिल गरेको छ।

उपमहानगरका प्रमुख मनोज कुमार साहले सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्र वेवारिसे चौपायालाई नियन्त्रणमा लिएर उपमहानगरले स्थापना गरेको गौशालामा राख्ने काम हुँदै आएको जानकारी गराएका छन्। चौपायाका धनी पहिचान भएमा उनीहरूलाई जरिवाना समेत गरिएको उनले स्पष्ट पारेका छन्।

तर पनि पशुपालकहरूले पटक–पटक आफ्ना चौपाया खुला रूपमा सडकमा छाड्ने गरेको र विशेषगरी साढेको संख्या अत्यधिक हुनुले समस्या जटिल बन्दै गएको उपमहानगरले जनाएको छ। धार्मिक परम्पराको नाममा वाच्छोलाई डामेर खुला रूपमा छाड्ने प्रथा अझै कायम रहनुले साढे नियन्त्रण चुनौती बनेको उल्लेख छ।

नगर प्रहरी, नेपाल प्रहरी र कार्यालयका कर्मचारीको संयुक्त प्रयासमा चौपाया नियन्त्रण गर्ने क्रममा कतिपय अवस्थामा पशुमाथि हिंसा भएको आरोप लगाइँदै आएकोप्रति उपमहानगर सचेत रहेको जनाइएको छ। प्रमुख साहले यसबारेमा स्पष्ट पार्दै चौपाया नियन्त्रणका क्रममा जानाजान कुनै पनि हिंसात्मक कार्य नगरिएको र नगरिने बताएका छन्।

सडकमा सहज आवागमनमा अवरोध पुर्‍याउने गरी छाडिएका चौपायाले सर्वसाधारणलाई असुविधा पुर्‍याइरहेको भन्दै प्रमुख साहले थप प्रभावकारी उपाय खोज्न सबै सरोकारवालासँग राय–सुझाव उपलब्ध गराउन आग्रह गरेका छन्।

उनले भने, “नगर क्षेत्रमा छाडा चौपाया नियन्त्रणका लागि उपमहानगरको प्रयास जारी छ। यसलाई अझ प्रभावकारी बनाउन नागरिक समाज, संघ–संस्था र जनताका सुझावलाई हामी खुलेर ग्रहण गर्नेछौं।”

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more