सिमरामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ५१ किलोको मालाले स्वागत

भदौ १४, सिमरा ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ। वीरगन्जमा आयोजना हुने महिला सम्मेलनमा सहभागी हुन आउने क्रममा उनलाई स्थानीय नेतृव, कार्यकर्ता तथा सर्वसाधारणले ५१ किलो तौलको फूलको मालाले सम्मान गरेका हुन्।

भण्डारी सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै पार्टीका नेता, महिला सङ्गठनका प्रतिनिधि र युवाहरूले मालासहित उनको स्वागत गरेका थिए। स्वागत कार्यक्रममा ठूलो संख्यामा स्थानीय महिला र युवाहरूको उपस्थिति रह्यो। नारा जुलुस र फूलमालाले विमानस्थलको वातावरण उल्लासमय बनेको थियो।

भण्डारी वीरगन्जमा आयोजना हुने महिला सम्मेलनमा प्रमुख वक्ताको रूपमा सहभागी हुँदैछिन्। सम्मेलनमा महिला अधिकार, सशक्तीकरण, समान अवसर र नेतृत्वमा महिलाको भूमिकाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ। भण्डारीले सम्बोधनमार्फत महिलाको राजनीतिक सहभागिता र सामाजिक भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने बताइएको छ।

स्थानीय नेतृहरूले विद्यादेवी भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति मात्र नभई महिला आन्दोलनको प्रेरणादायी नेतृत्वको रूपमा स्मरण गरेका छन्। उनीमाथि गरिएको भव्य स्वागतलाई महिलामात्र नभई सम्पूर्ण समाजका लागि सन्देशमूलक कदमका रूपमा हेरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more