सुनको मूल्य इतिहासकै उच्च, तोलामा साढे दुई लाख नाघ्यो

३० असोज, काठमाडौं । सुनको भाउले साढे २ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।

सम्बन्धित समाचारहरु

सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

Read more

सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

Read more