प्रधानमन्त्री सुशीला कार्कीको नाममा बनेका २६ नक्कली अकाउन्टमाथि अनुसन्धान सुरु

३० असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा खोलिएका नक्कली सामाजिक सञ्जाल अकाउन्टहरूको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

कार्कीको नाम प्रयोग गरी फेसबुकलगायतका विभिन्न प्लेटफर्ममा फेक आइडी बनाएर भ्रामक सूचनाहरू प्रवाह गरिएको थियो। यसबारे प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै ती सबै अकाउन्ट नक्कली भएको स्पष्ट पारेको थियो।

यही विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार केही व्यक्तिलाई सोधपुछका लागि बोलाइएको छ, तर अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

यसबीच, प्रधानमन्त्रीको नाममा हालसम्म २६ वटा नक्कली सामाजिक सञ्जाल अकाउन्ट फेला परेका छन्। ती अकाउन्ट बन्द गराउन साइबर ब्यूरोले सम्बन्धित कम्पनीहरूलाई इमेलमार्फत पत्राचार गरेको छ।
ब्यूरोका अनुसार केही अकाउन्टहरू बन्द भइसकेका छन् भने बाँकीलाई पनि छिट्टै बन्द गराउने प्रक्रिया जारी छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more