जितेन्द्र प्रसाद सोनार मधेश प्रदेशका चौथो मुख्यमन्त्री नियुक्त

असोज २९, जनकपुरधाम।मधेश प्रदेशका प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीले **प्रदेश सभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल)**लाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेश प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त गरेकी छिन्। जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयबाट असोज २९ गते जारी नियुक्तिपत्रमार्फत सोनारलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो। प्रदेश प्रमुख भण्डारीले “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जितेन्द्र सोनललाइ मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेकि छन।

जितेन्द्र प्रसाद सोनार बारा जिल्लाबाट प्रदेश सभा सदस्य रहेका छन्। लामो समयदेखि मधेश प्रदेशको राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय सोनार अब मधेश प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन्। यसअघि लालबाबु राउत, सरोज यादव र सतिश कुमार सिंहले क्रमशः मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। प्रदेशमा लामो समयदेखि चलिरहेको राजनीतिक अस्थिरता र नेतृत्व परिवर्तनको परिस्थितिबीच सोनारको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।

नयाँ मुख्यमन्त्री सोनारले प्रदेशको सुशासन, विकास र स्थायित्वका लागि प्रभावकारी नीति ल्याउने अपेक्षा गरिएको छ। अब उनले प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रिया सुरु गर्नेछन्। मधेश प्रदेशमा पुनः राजनीतिक सहकार्य र शक्ति सन्तुलनको नयाँ अध्याय सुरु हुने संकेत सोनारको नियुक्तिले गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more