मधेशमा नयाँ सरकारका लागि पाँच दलको दाबी, जितेन्द्र सोनल मुख्यमन्त्रीको उम्मेदवार

२९ असोज, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दै गर्दा पाँच दलका नेताहरूले संयुक्त रूपमा लोकसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दाबी प्रदेश प्रमुखसमक्ष पेश गरेका छन्।

पाँच दलका नेताहरूले ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित दाबी पत्र लिएर शुक्रबार दिउँसो प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय पुगेका हुन्।

यसअघि मङ्गलबार तत्कालीन मुख्यमन्त्री सतीश कुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले आज दिउँसो ४ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति जुटेको हो। छलफलमा जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपा बीच सहमति भएको र सोनललाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको नेताहरूले बताएका छन्।

तर, मन्त्रालयको भागबण्डा र जिम्मेवारी वितरणबारे भने अन्तिम सहमति बाँकी रहेको स्रोतले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more