माघ ६, सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट शिवशंकर यादव ‘शिव’ ले उम्मेदवारी दर्ता गराउने भएका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यादवले आज निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको रास्वपा स्रोतले जनाएको छ । स्थानीय स्तरमा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित यादवले सुशासन, पारदर्शिता र जनमुखी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिन लागेको बताएका छन् ।
रास्वपाले सिरहा–२ लाई महत्त्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिँदै उम्मेदवार छनोट गरेको जनाएको छ । पार्टीले भ्रष्टाचारविरुद्धको अभियान, सेवा प्रवाहको सुधार तथा युवामैत्री नीतिलाई प्राथमिकतामा राखेर उम्मेदवारी अघि बढाएको बताएको छ ।
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र शान्तिपूर्ण र मर्यादित रूपमा उम्मेदवारी दर्ता गरिने जनाएकाछन।



















