गगनकुमार थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने

माघ ६, काठमाडौ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टी सभापति थापालाई सर्लाही–४ बाट उम्मेदवार बनाउने निर्णय गरिएको हो । पार्टीको केन्द्रीय तहमा भएको छलफलपछि उक्त क्षेत्रबाट थापाको उम्मेदवारी टुंगिएको पौडेलले जानकारी दिए ।
कांग्रेसले सर्लाही–४ लाई रणनीतिक रूपमा महत्त्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिँदै नेतृत्व तहका नेताको उम्मेदवारी अघि सारेको जनाएको छ ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार थापाले निर्धारित समयभित्र निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउने कांग्रेसले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more