समाजिक सञ्जाल बन्द, जनता आक्रोशित

भदौ २०, जनकपुरधाम। आजदेखि नेपालभरि सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गरिएको छ । सरकारले तोकिएको समयमा दर्ता प्रक्रियामा नआएको भन्दै फेसबुक, युट्युब, हवाट्स एप, इन्स्टाग्रामलगायतका सबै प्रमुख सामाजिक सञ्जालहरू अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको यो कदम सार्वजनिक भएपछि देशभरि सर्वसाधारण आक्रोशित बनेका छन् । दैनिक सूचना, सम्पर्क र व्यवसायसमेत सामाजिक सञ्जालमार्फत सञ्चालन गर्ने नागरिकले यसलाई अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भनेका छन् । विद्यार्थी, युवा उद्यमी र श्रमिक वर्गले सञ्जाल बन्दले आफ्नो जीवनयापनमै असर पुर्याएको गुनासो गरेका छन् ।राजधानी काठमाडौंदेखि  मधेश प्रदेशमा समेत सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध विभिन्न स्थानमा आन्दोलनको तयारी भइरहेको छ ।

पक्ष होस कि प्रतिपक्ष हरेक राजनीतिक दलका नेताहरूले पनि यस कदमको आलोचना गरेका छन् । उनीहरूले सरकारले असन्तुष्ट आवाज दबाउन दमनकारी नीति अवलम्बन गरेको आरोप लगाएका छन् । विपक्षी दलहरूले तत्काल निर्णय फिर्ता लिन चेतावनी दिएका छन् भने मानवअधिकारकर्मीहरूले यसलाई नागरिकको मौलिक अधिकारमाथिको आक्रमण भनेका छन् । तर, सर्वसाधारणको आक्रोश चुलिँदै गएपछि सरकारले यो निर्णय कति दिन कायम राख्छ भन्ने विषयमा अन्योल देखिएको छ ।

 

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more