रा.ज.वि. विज्ञान, प्रविधि तथा इन्जिनियरिङ्ग संकायका पूर्व डिन डा. श्याम किशोर महतो नियन्त्रकमा नियुक्त

श्रावण २० , जनकपुरधाम। राजश्री जनक विश्वबिधालय (रा.ज.वि.) अन्तर्गत विज्ञान, प्रविधि तथा इन्जिनियरिङ्ग संकायका निवर्तमान डिन प्रा. डा. श्याम किशोर महतो केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्रको नियन्त्रक पदमा आज नियुक्त हुनु भएको छ।

डा. महतोले आजै नयाँ जिम्मेवारी सम्हाल्दै विश्वविद्यालय प्रशासनको महत्वपूर्ण पदमा प्रवेश गर्नु भएको हो। विश्वविद्यालय सेवा अन्तर्गत यो पद अत्यन्तै जिम्मेवारीपूर्ण मानिन्छ, जसले सम्पूर्ण परीक्षा व्यवस्थापन, अभिलेख संरक्षण तथा प्रमाणपत्र वितरणजस्ता महत्वपूर्ण कार्यहरू सम्हाल्दछ।

यता केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्रका निवर्तमान नियन्त्रक सह प्रा. डा. रत्नेश कुमार कर्ण विश्वविद्यालय सेवा नियमावली अनुसार उमेर हद पुगेका कारण आज अवकाश प्राप्त गर्नुभएको छ। उहाँले लामो समयदेखि विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यमा समर्पित रहँदै उत्कृष्ट योगदान दिनुभएको थियो।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम लगायत मिथिलाञ्चलमा आज लोकपर्व चौरचन मनाइँदै, जनकपुरधामसहित विभिन्न पालिकामा सार्वजनिक बिदा

    Read more

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    Leave a Reply