राष्ट्रिय मुक्ति पार्टीले टुङ्गो लगायो केन्द्रीय समिति पदाधिकारी

श्रावण २०, काठमाडौ ।– राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्नो केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू र विभिन्न केन्द्रीय समिति तथा निकायहरूमा जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको निर्णय तथा अन्तरिम विधान २०८१ को सम्बन्धित धाराहरूको प्रावधानअनुसार २०८१ फागुन १२ र १३ गते सम्पन्न पहिलो केन्द्रीय कार्यसमितिको बैठकको निर्णयलाई कार्यान्वयन गर्दै यो घोषणा गरिएको हो।

३१ सदस्यीय केन्द्रीय पदाधिकारी सूची सार्वजनिक

अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा तीनजना वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष, पाँचजना महासचिव, सातजना सह–महासचिव, सातजना सचिव, दुईजना प्रवक्ता, एकजना कोषाध्यक्ष, र एकजना सह–कोषाध्यक्ष चयन गरिएको छ।

पार्टीको नीतिगत मूलमन्त्र– स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद– लाई आधार मानेर मुलुकको भूगोल, वर्ग, जाति, लिंग र समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने प्रतिवद्धता पार्टीले दोहोर्‍याएको छ।

मुख्य पदाधिकारीहरू यसप्रकार छन्:

अध्यक्ष: श्री राजेन्द्र महतो (सर्लाही)

वरिष्ठ उपाध्यक्षहरू:

श्रीमती कमला कुमारी गुरुङ (पर्वत)

श्री रामनरेश राय यादव (सर्लाही)

श्री सुमन सायमी (काठमाडौं)

उपाध्यक्षहरू:

श्री कौशल कुमार सिंह (सिरहा)

डा. राजिव कुमार झा (धनुषा)

श्री राजेन्द्र प्रसाद पाठक (धादिंग)

श्री ओम प्रकाश यादव ‘गुल्जारी’ (रुपन्देही)

महासचिवहरू:

श्री केशव कुमार झा (सप्तरी)

श्री मिङमार तामाङ (सिन्धुपाल्चोक)

श्री रमेश योङहाङ ‘सर्ण कुमार’ (पाँचथर)

श्री सन्तोष कुमार मेहता (सुनसरी)

कोषाध्यक्ष: श्री अनिल कुमार महासेठ (सिराहा)

सह–कोषाध्यक्ष: श्री शिवभक्त रञ्जित (काठमाडौं)

प्रवक्ताहरू:

श्री रविन्द्र कुमार श्रेष्ठ / श्री नरेन्द्र वज्राचार्य (काठमाडौं)

श्री रमण कुमार पाण्डेय (काठमाडौं)

सह–महासचिवहरू:

श्री कौशलेंद्र शर्मा (महोत्तरी)

श्री गजेन्द्र कुमार मण्डल (काठमाडौं)

श्री चन्द्र प्रकाश राजवंशी (सप्तरी)

श्री जयलाल साह (मोरङ)

मो. निजामुद्दिन समानी (रौतहट/पर्सा)

श्री रविदत्त मिश्र (कपिलवस्तु)

श्री राजेश पुनः मगर ‘जुनतारा’ (पश्चिम रुकुम)

सचिवहरू:

श्री प्रेम थुलुङ राई (इलाम)

श्री फोनिराम थारु (कैलाली)

श्री वलराम ऋषिदेव मुसहर (मोरङ)

श्री सोनम लिम्बु

श्री संजय कुमार चौधरी (धनुषा)

श्री शेरबहादुर शाह (अछाम)

मो. हुसेन खान (सर्लाही)

गठित समितिहरूको विवरण

१. केन्द्रीय अनुशासन समिति

अध्यक्ष: श्री संजय कुमार सिंह (धनुषा)

सदस्य सचिव: श्रीमती चुन्नी खातुन सोनिया (सुनसरी)

सदस्यहरू:

श्री विकास बाबु श्रेष्ठ (काठमाडौं)

श्री वेबी राजभण्डारी (ललितपुर)

श्री अनिरुद्ध प्रसाद कलवार (पर्सा)

 

२. केन्द्रीय निर्वाचन समिति

अध्यक्ष: श्री अरुण कुमार सिंह (सर्लाही)

सदस्य सचिव: श्री वलराम वाग्ले (ललितपुर)

सदस्य: श्रीमती रिना प्रधान केसी (काठमाडौं)

३. केन्द्रीय लेखा परीक्षण समिति

अध्यक्ष: श्री राजेश कुमार यादव (पर्सा)

सदस्य सचिव: श्री अनु सायमी (काठमाडौं)

४. केन्द्रीय विज्ञ समिति

अध्यक्ष: श्री ई. नहेन्द्र प्रधान (काठमाडौं)

सदस्य सचिव: प्रा. कुन्जीलाल यादव (सुनसरी)

 

 

  • सम्बन्धित समाचारहरु

    धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

    Read more

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more

    Leave a Reply