मोहम्मद जयन्तीको अवसरमा भदौ २० गते मधेश प्रदेशभर सार्वजनिक बिदा

भदौ १९, जनकपुरधाम । मधेश प्रदेश सरकारले आउँदो भदौ २० गते शुक्रबार ‘मोहम्मद जयन्ती ” विशेष अवसरमा सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको निर्णय अनुसार बिदा सम्बन्धी जानकारी शुक्रबार प्रकाशित सूचनामार्फत सार्वजनिक गरिएको हो।

मधेश प्रदेश सरकारको २०७८ साल चैत २२ गतेको निर्णयअनुसार २०८२ सालमा दिने सार्वजनिक बिदा सम्बन्धी सूचीमा उल्लेख भएअनुसार भदौ २० गतेको दिन बिदा हुने सूचनामा उल्लेख छ।

यस सम्बन्धमा प्रदेश सचिव बिमल प्रसाद बरालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ –
“मोहम्मद जयन्ति “अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।”यससँगै प्रदेशभरका सरकारी कार्यालय, निकाय तथा शिक्षण संस्था शुक्रबार बन्द रहने छन्।

 

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more