नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा अनिवार्य सहभागिताका लागि मधेश प्रदेशका प्रतिनिधिलाई आग्रह

पुस २५, जनकपुरधाम।  वर्तमान जटिल तथा विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन समसामयिक नीति तथा नेतृत्वसम्बन्धी छलफल र निर्णय आवश्यक रहेको उल्लेख गर्दै नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन आह्वान गरेको छ।
देशभरका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट महामन्त्रीद्वयले यही पौष २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गर्नुभएकोमा पार्टीका श्रद्धेय महामन्त्रीद्वय तथा केन्द्रीय नेतृत्वप्रति कृतज्ञता व्यक्त गरिएको छ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७(२) बमोजिम आह्वान गरिएको यस ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थित भई सक्रिय सहभागिता जनाउन मधेश प्रदेशका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिएको छ।
यसैगरी, विशेष महाधिवेशनको औपचारिक उद्घाटन सत्र पौष २७ गते बिहान ११:०० बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको छ। उक्त उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका अग्रज नेताहरू, विभिन्न तहका जिम्मेवारीमा रहेका नेता–कार्यकर्ता, सदस्य तथा शुभचिन्तकहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more