माघ ३ गतेदेखि निर्वाचनका लागि आचारसंहिता जारी गर्ने

पुस २५, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगका पदाधिकारीबाट जानकारी लिएकी छन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त तथा उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेट गरी निर्वाचन आचारसंहिता सम्बन्धी जानकारी गराएका हुन्। भेटका क्रममा आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचनका लागि आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्रीलाई दिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी थिए।
निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउन आचारसंहिता कडाइका साथ लागू गरिने स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more