सुधन गुरुङद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा

पुस २५, काठमाडौ ।  हामी नेपाल नामक संस्थाका संयोजक तथा जेन–जी अगुवा सुधन गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।
गुरुङले गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत औपचारिक घोषणा गर्दै उनले “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,” भनी उल्लेख गरेका छन्।

उनले आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात—नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,” भन्ने सन्देश उनले फेसबुकमा लेखेका छन्।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more