पुस २५, काठमाडौ । हालै प्रकाशित सरकारी तथ्याङ्कअनुसार सबैभन्दा धेरै गरिब जनसङ्ख्या भएको स्थानीय तहमा काठमाडौँ महानगरपालिका पहिलो नम्बरमा देखिएको छ।
तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकाको कुल जनसङ्ख्या आठ लाख ६२ हजार ४०० रहेकोमा गरिबको सङ्ख्या ५९ हजार २१८ पुगेको छ। सङ्ख्यात्मक रूपमा हेर्दा अन्य स्थानीय तहको तुलनामा काठमाडौँ महानगरपालिकामा गरिबको जनसङ्ख्या सबैभन्दा बढी रहेको देखिएको हो।
सरकारले निर्धारण गरेको गरिबीको नयाँ रेखा अनुसार प्रतिवर्ष प्रति व्यक्ति ७२ हजार ९०८ रुपैयाँभन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबको रूपमा वर्गीकरण गरिएको छ।
यसरी काठमाडौ महानगरपालिकामा आन्तरिक बसाइँसराइको चाप, बेरोजगारी, असंगठित क्षेत्रको श्रम र महँगीका कारण गरिब जनसङ्ख्या उच्च देखिएको हुन सक्ने अनुमान गरिएको छ।



















