धनुषामा ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ६७ वर्षीय पक्राउ

मंसिर १३, जनकपुरधाम।  धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६७ वर्षीय एक पुरुष पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार पक्राउ पर्नेमा स्थानीय रामभगत साह छन्।

प्रहरीका अनुसार आरोपी साहले शनिबार बालिका घर नजिकै एक्लै भएको मौका छोपी बलात्कार गरेर फरार हुने प्रयास गरेका थिए। घटना देखेका स्थानीयले साहलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर तत्काल प्रहरीलाई जिम्मा लगाएका थिए।

पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख तथा प्रहरी निरीक्षक राजाराम यादवले आरोपीलाई हिरासतमा राखेर घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको जानकारी दिए।

बालिकाको अवस्था निगरानीमा रहेको र प्रमाण सङ्कलन तथा बयान प्रक्रियासहित कानूनी कारबाहीका चरणहरू अगाडि बढाइएको पनि प्रहरीले जनाएको छ। घटना सार्वजनिक भएसँगै स्थानीय तहमा आक्रोश र पीडित परिवारलाई न्याय दिलाउनुपर्ने आवाज तीव्र बनेको छ।पछिल्ला दिनमा मधेश क्षेत्रमा बालबालिका तथा महिलामाथि हुने यौनजन्य जघन्य अपराधप्रति चिन्ता बढ्दै गएको भन्दै नागरिक अगुवाहरूले दोषीलाई कडा सजाय र सुरक्षा संयन्त्रको थप सशक्तीकरणको माग गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    भारतसँग विकास–केन्द्रित साझेदारी चाहन्छ नेपाल : विदेशमन्त्री शिशिर खनाल

    Read more

    अमेरिका–ईरान तनाव पुनः चर्कियो, हर्मुज क्षेत्रमा सैन्य गतिविधि तीव्र

    Read more