टिकट वितरणमा चलखेल भएको आरोप, रवि–बालेन बसेको होटल बाहिर रास्वपा नेता–कार्यकर्ताको विरोध

माघ ५, जनकपुरधाम। — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरण प्रक्रियामा चलखेल भएको आरोप लगाउँदै जनकपुरधाममा नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्। विरोधमा उत्रिएका नेता–कार्यकर्ताहरू रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बसेको होटल बाहिर भेला भएर नाराबाजी गरिरहेका छन्।
सभापति लामिछाने र नेता शाह हाल सोही होटलमा बसिरहेका छन्। पार्टी स्रोतका अनुसार विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारहरूलाई सोही होटलमै बोलाएर टिकट वितरण गरिएको जनाइएको छ। यसैक्रममा बालेन शाहले पनि आजै सभापति लामिछानेसँग सोही होटलमा टिकट लिएको बताइएको छ।
रवि लामिछाने, बालेन शाहसहितका शीर्ष नेताहरू हिजो नै जनकपुरधाम पुगेका थिए। उनीहरूले आज जनकपुरधाममा आयोजित पार्टी सभामा समेत सहभागिता जनाएका थिए।
टिकट वितरण प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै विरोधमा उत्रिएका कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग स्पष्ट जवाफ र निष्पक्ष निर्णयको माग गरेका छन्। होटल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा आउन बाँकी रहेको छ।

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more