१७ चैत, जनकपुरधाम। — जनकपुरधाम उपमहानगरपालिकाले गङ्गासागरको पश्चिम डिल क्षेत्रमा सौन्दर्यकरण तथा व्यवस्थापनको काम अघि बढाएको छ।
उपमहानगरपालिकाका मेयर मनोज कुमार साह आफ्ना प्राविधिक टिमसहित स्थलगत रूपमा पुगेर उक्त क्षेत्रलाई व्यवस्थित बनाउने तथा सौन्दर्यकरण गर्ने कार्यमा सक्रिय भएका छन्।
उल्लेखनीय रूपमा, हिजो मात्रै मधेस प्रदेशका मन्त्री फकिरा महतोको अगुवाइमा उक्त क्षेत्र अतिक्रमणमुक्त गरिएको थियो। अतिक्रमण हटाइएपछि अहिले सो स्थानलाई दीगो रूपमा व्यवस्थापन गर्दै हरित क्षेत्र, खुला स्थान तथा सार्वजनिक उपयोगका संरचना निर्माण गर्ने तयारी गरिएको जनाइएको छ।
स्थानीयवासीले लामो समयदेखि अतिक्रमणको चपेटामा परेको क्षेत्र खाली गरिएपछि खुशी व्यक्त गरेका छन्। उपमहानगरपालिकाले यसलाई नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम अगाडि बढाएको जनाएको छ।
गङ्गासागर पश्चिम डिलमा सौन्दर्यकरण अभियान सुरु
- समाचार, Breaking News
- ६ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 27 views

















