अमेरिकालाई परमाणु खतरा बढ्दो, DNI तुलसी गाबार्डको गम्भीर चेतावनी

५ चैत, काठमाडौ ।  — तुलसी गाबार्डले अमेरिका विरुद्ध परमाणु खतरा तीव्र रूपमा बढ्दै गएको चेतावनी दिएकी छन्। अमेरिकी सिनेटको इंटेलिजेन्स कमिटीसमक्ष प्रस्तुत हुँदा उनले विशेषगरी पाकिस्तान र चीनका परमाणु क्षमतालाई गम्भीर जोखिमका रूपमा औंल्याइन्।
गाबार्डका अनुसार सन् २०३५ सम्म अमेरिकी मुख्यभूमिमा परमाणु पेलोडसहितको आक्रमणको खतरा अहिलेको तुलनामा करिब दस गुणा बढ्न सक्छ। उनले रूस, चीन, उत्तर कोरिया, ईरान र पाकिस्तानले विभिन्न प्रकारका परमाणु हतियार विकास गरिरहेको र ती अमेरिकासम्म पुग्ने क्षमतामा रहेको बताइन्।
उनको यो चेतावनी मध्य पूर्वमा बढ्दो तनावका बीच आएको हो, जहाँ ईरान, इजरायल र अमेरिकाबीचको द्वन्द्व चर्किएको छ।
गाबार्डको अभिव्यक्तिपछि पाकिस्तानमा राजनीतिक तथा सुरक्षा क्षेत्रमा चासो र हलचल बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more