बिजीन्युज अनलाईनको आजबाट शुभारम्भ गरिदै, एक महिना परिक्षण प्रकाशन गरिने

२६ जेठ, जनकपुरधाम । बिजीन्युज अनलाईनको आजबाट बिधिवत रुपमा शुभारम्भ गरिदैछ ।

नेपालमा संचारमाध्यमका रेडियो, एफएम, टेलिभिजन, पत्रपत्रिका लगायत बिभिन्न अनलाईनका माध्यमहरुबाट समाचार लगायत मनोरंजन तथा जानकारीमुलक संदेशहरु पस्किदै आएको र जनतालाई संविधानले दिएको अधिकार बमोजिम सूचना सम्प्रेशित गरिदै आएको सबैमा सर्वविदितै छ । जनताको आकांक्षा तथा बिश्वासलाई अझ गहिरो तथा सशक्त रुपमा मजबुत बनाउन तथा देश, बिदेश तथा समाजका घटनाहरुलाई जनतामाझ सत्य, तथ्य तथा निश्पक्ष रुपमा यस बिजीन्युज अनलाईनले पस्किने जमर्को गरेको छ । जनताले पाईरहेको बिभिन्न खबरहरुमा सत्य समाचार प्रवाहका लागि यो प्रयासले थप बिश्वसनियतालाई कायम राख्न सहयोग पुरयाउने बिश्वास गरिएको छ ।

आम नागरिकले बिभिन्न खबरका लागि बिभिन्न संचारमाध्ययमका समाचारहरु हेर्नुपर्ने बाध्यतालाई केही हदसम्म कम गर्न सम्पुर्ण खबरलाई एकै ठाउँमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ । यस बिजीन्युजका माध्ययमबाट पाठकले समाचारका साथ साथै, मनोरंजन, कला साहित्य, धर्म, अपराध, बिचार, कृषि, खेलकुद, बिज्ञान प्रविधि तथा अन्तराष्ट्रिय जगतका सम्पुर्ण समाचारहरुलाई सम्भव भएसम्म भिडियो मार्फत समेत र अनलाईन टिभीका मार्फत प्रस्तुत गर्ने जमर्को थालेको छ । यसका साथै यसै न्युज पोर्टलबाट दैनिक नेपाली पञ्चाङ तथा दैनिक राशिफल समेत हेर्न सकिन्छ भने मोबाईल प्रयोगकर्ताको सुविधालाई ध्यानमा राख्दै बिजीन्युज अनलाईनको एप्सलाई सिधा यहीबाट पनि क्लिक गरी मोबाईलमा डाउनलोड गर्न सकिन्छ । साथै यो एप्सलाई यसै साईटको दाहिने भागमा रहेको भर्खरै प्रकाशित बटनको माथिको लिङ्कबाट पनि क्लिक गरी डाउनलोड गर्न सकिन्छ ।

यस पोर्टलका माध्यमबाट जनताले कृषि सम्बन्धी जानकारी, बिज्ञान प्रविधि सम्बन्धी जानकारी, धर्म सम्बन्धी जानकारी, घटना दुर्घटना, राजनितिक, अन्तवार्ता तथा समसामायिक बिषयको जानकारीहरु पनि भिडियोमार्फत समेत हेर्न सकिनेछ । यसका साथै आगामी दिनहरुमा यसमा जनताको ईच्छा आकांक्षालाई समेट्दै बिभिन्न किसिमका प्रभावकारी बिषयहरु थप समावेश गर्दै लैजाने समेत बिजीन्युज अनलाईनले प्रतिबद्धता जनाउँदछ ।

हाल बिजीन्युज अनलाईन पोर्टलको परीक्षण प्रकाशन एक महिना रहने र यसैबिच यो पोर्टललाई आधिकारिता दिन दर्ता प्रक्रियाका सम्पुर्ण कार्यहरु अघि बढाईसकेको र दर्ता प्रक्रियालाई यही बिचमा पुर्णता दिने पाठक समक्ष जानकारी गराउँदछ ।

यस बिजीन्युजका लागि बिगत २४ बर्षदेखि बिभिन्न संचार माध्यममा कार्य गरी अनुभव संगालेका प्रधान सम्पादक ब्रम्हानन्द ठाकुर रहनुहुनेछ  भने सम्पादकमा टेलिभिजन तथा अनलाईनमा कार्य गरिसक्नुभएको शिवराम झा गुड्डु रहनुहुनेछ ।

अन्त्यमा, आशा छ बिजीन्युज अनलाईनले जनताको ईच्छा, आकांक्षालाई समेट्दै सत्य, तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्नेछ । साथै यस पोर्टलको हौसला बढाईदिन पाठक, शुभेच्छुक, दर्शक तथा बिज्ञापनदाताहरुलाई समेत आग्रह गर्दछौ ।
–बिजीन्युज

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply