सान्भी इनर्जीको आईपीओ बाँडफाँट

२६ जेठ, काठमाडौं । सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो । कुल २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओमा २० लाख ३० हजार १५७ आवेदकले रितपूवर्क आवेदन दिएका छन् । तीमध्ये १७ लाख ८८ हजार ६२७ आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमा मार्फत हेर्न सकिनेछ ।

कम्पनीले सर्वसाधारणबाट २४ लाख १५ हजार ३ सय कित्ताका लागि आवेदन माग गरेको थियो । सोही सेयर १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।

कम्पनीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ । जसको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।

साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ ।
केयर रेटिङ्सबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जुन रेटिङले जोखिम मध्यमस्तरमा रहेको जनाउँछ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ भने १२ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply