भूमिहीनलाई लालपूर्जा वितरण अभियान तीव्र, ९६ परिवार लाभान्वित

१० साउन, काठमाडौ । — प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ। हालसम्म बर्दिया, झापा र चितवन जिल्लाका ९६ परिवारलाई लालपूर्जा वितरण गरिसकिएको सरकारी स्रोतले जनाएको छ।
सरकारले आगामी करिब १ वर्ष ४ महिना (५०० दिन) भित्र देशभरका १२ लाखभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको जनाएको छ।
यस अभियानमार्फत वास्तविक भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने, सामाजिक न्याय सुनिश्चित गर्ने तथा दीर्घकालीन भूमि व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको उद्देश्य रहेको बताइएको छ।
यस्तै, लालपूर्जा वितरण प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन नक्कली लाभग्राहीको पहिचान गरी कानुनी दायरामा ल्याउने तयारीसमेत अघि बढाइएको छ। यसका लागि सम्बन्धित निकायमार्फत भित्री रूपमा छानबिन तथा अनुसन्धानको काम भइरहेको सरकारी स्रोतले जनाएको छ।
सरकारले वास्तविक लाभग्राहीलाई मात्र जग्गा वितरण सुनिश्चित गर्दै भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यका साथ अभियानलाई थप तीव्र बनाउने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more