बालेन शाह जनकपुरधामको जानकी मन्दिरमा आरतीमा सहभागी

माघ ५,  जनकपुरधाम — हिजो मात्र जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बिहानै करिब ५ बजे जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर दर्शन तथा पूजा-अर्चना गरेका छन्।
दर्शनका क्रममा बालेनसँगै नेता अमरेशकुमार सिंह पनि उपस्थित थिए। जानकी मन्दिरका महन्त राम तपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दासले बालेनलाई टीका, माला तथा ‘जय सियाराम’ लेखिएको खादा लगाई सम्मानसहित बिदा गरेका थिए।
जानकी मन्दिर दर्शनपछि बालेन नेतृत्वको टोली आजै सिरहाको लहान पुग्ने कार्यक्रम रहेको छ। टोलीले लहानमा आयोजना हुने बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ। त्यसपछि पुनः दिउँसो १ बजे तय भएको कार्यक्रममा सहभागी हुन टोली जनकपुरधाम फर्किने कार्यक्रम रहेको जनाइएको छ।
बालेनको जनकपुरधाम तथा लहान भ्रमणलाई राजनीतिक र सामाजिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

    Read more

    तीन मन्त्रालय एकीकरणपछि पनि मन्त्रीको सचिवालयमा ३९ जना राख्ने प्रस्ताव

    Read more