जनकपुर अञ्चल अस्पतालका कर्मचारीद्वारा नयाँ कार्यसमिति गठन

१९ भदौ, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम अन्तर्गत रहेको अस्पताल विकास समिति कर्मचारी यूनियन, ट्रेड यूनियन संघ ले नयाँ कार्यसमिति गठन गरेको छ।

संघको नयाँ नेतृत्वमा डा. अनिल कुमार ठाकुर अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा डा. राजेश कुमार साह, सचिवमा अजित कुमार तिवारी, सह–सचिवमा पवन कुमार महतो र कोषाध्यक्षमा किरण यादव निर्वाचित भएका छन्।

यसैगरी, सदस्यहरूमा डा. रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, बिभा कर्ण, पुनम ठाकुर, कौशिल्या तिमिल्सिना, बिना साह, अशोक कुमार यादव, श्रीचन मंडल र बंकर मेस्तर रहेका छन ।

नवनिर्वाचित समितिलाई अस्पतालका तर्फबाट स्वागत गर्दै कर्मचारी अधिकार र हित संरक्षणका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। विज्ञप्तिमा यस संघले कर्मचारीका समस्या समाधान, पारदर्शिता, र सेवा प्रवाह सुधारका लागि निरन्तर आवाज उठाइरहने उल्लेख गरिएको छ।

त्यस्तै सल्लाहारमा पुर्व अध्यक्ष डा. रबिन्द्र कुमार सिँह र कानुनी सल्लाहकारमा एम. के झा रहेका छन ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more