सुनको मुल्य हालसम्मकै उच्च, कति पुग्यो ?

१८ भदौ, काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज सुनप्रतितोला दुई लाख ७,९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मङ्गलबार सुन प्रतितोला दुई लाख ५,९०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला दुई हजारले बढेको हो ।

चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।

जनकपुरधाममा भने सुनको प्रति तोला २ लाख ८ हजार ४०० मा कारोबार भईरहेको छ भने चाँदीको मुल्य २ हजार ४ सय ९५ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचारहरु

लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

Read more

मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

Read more