जनकपुरमा प्रहरीले गर्यो ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार

१६ भदाै, जनकपुरधाम । जनकपुरमा दुई समुदाय र प्रहरीबीच भएको झडपमा प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रूपैठामा झण्डा हटाउने विषयमा आइतबार प्रहरी र हिन्दू समुदायबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३० राउन्ड फायर गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

उनका अनुसार १४ डमी गोली, ११ राउन्ड गोली पेस्तोलबाट हवाई फायर गरिएको हो । ३१ सेल अश्रुग्यास प्रहार भएको उनले बताए ।

प्रहरीको गोली लागेर स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन् । उनको दुवै घुँडामा गोली लागेको हो ।

यस्तै ढुंगामुढाबाट सातजना प्रहरी घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

शनिबार पनि हिन्दू समुदायले गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने बेला झण्डा चोकमा झडप भएको थियो ।

प्रहरीका अनुसार झन्डाचोकमा गाडिएको टावरलाइट पोलमा बाँधिएको दुईवटा हरियो झण्डा हटाउने विषयमा विवाद भएको थियो । त्यसले झडपको रुप लिएको थियो ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more