दिनदिनै सुनले नयाँ किर्तिमानी रेकर्ड बनाउँदै

१६ भदौ, काठमाडौं । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ ।

केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो ।

आज सोमबार फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जनकपुरधाममा भने सुनको मुल्य प्रति तोला २ लाख ५ हजार ८ सय कायम रहेको छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

 

सम्बन्धित समाचारहरु

विशेष अधिवेशनदेखि विधान संशोधनसम्म एन प्याब्सन लाई मन्त्रालय को निर्देशन

Read more

एन–प्याब्सन नेपाल निलम्बित, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक

Read more