दिनदिनै सुनले नयाँ किर्तिमानी रेकर्ड बनाउँदै

१६ भदौ, काठमाडौं । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ ।

केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो ।

आज सोमबार फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जनकपुरधाममा भने सुनको मुल्य प्रति तोला २ लाख ५ हजार ८ सय कायम रहेको छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

 

सम्बन्धित समाचारहरु

सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

Read more

सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

Read more