“जनकपुरधाममा १८ औँ पुस्तकालय दिवस : पठन संस्कृतिको विकास र ‘जनकपुरधामक इतिहास’ माथि परिचर्चा”

भदौ १६, जनकपुरधाम। मैथिली विकास कोष जनकपुरधामको आयोजनामा १८ औँ पुस्तकालय दिवस भव्य रूपमा मनाइएको छ। “हमर पुस्तकालय हमर भविष्य” नारासहितको यस कार्यक्रमको मूल उद्देश्य पठन संस्कृति विस्तार र पुस्तकालयप्रतिको आकर्षण बढाउनु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा “पठन संस्कृतिको विकास” विषयमा गहन परिचर्चा गरिनुको साथै साहित्यकार श्यामसुन्दर शशि द्वारा लिखित पुस्तक जनकपुरधामक इतिहास सम्बन्धी विमर्शसमेत गरिएको थियो।

राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तमलोपा केन्द्रीय अध्यक्ष बृषेशचन्द्र लाल, शिक्षाविद् डा. विजय कुमार सिंह, प्रा. डा. सुरेन्द्र लाभ, जनकपुरधामका नगर प्रमुख मनोज साह, प्रा. परमेश्वर कापडी, शिक्षा मन्त्रालयका सचिव दिलीप ठाकुर, प्राज्ञ रमेश रञ्जन झा लगायतका विभिन्न साहित्यकार तथा विद्वानहरूले पुस्तकालय र पठन संस्कृतिको महत्वबारे आफ्ना विचार राखेका थिए।

कार्यक्रमको सञ्चालन साहित्यकार नित्यानन्द मण्डलले गरेका थिए।
पुस्तकालय दिवसका अवसरमा सहभागी वक्ताहरूले पुस्तकालयलाई समाजको ज्ञान केन्द्रका रूपमा संरक्षण, प्रवर्द्धन र डिजिटल प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more