शिक्षा मन्त्री महाविर पुनको राजीनामा, निर्वाचन र दल प्रवेशबारे अड्कल

माघ ६, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले आफ्ना अभियानमा सक्रिय हुनका लागि राजीनामा दिएको जानकारी दिएका हुन् ।
राजीनामापछि राजनीतिक वृत्तमा विभिन्न अड्कल सुरु भएका छन् । विशेषगरी पुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्न सक्ने चर्चा व्यापक रूपमा चलिरहेको छ । यद्यपि, पुनले निर्वाचन वा कुनै दलमा आबद्ध हुने विषयमा हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यसअघि पनि सरकारका अन्य मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ, सञ्चार मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले निर्वाचनमा उम्मेदवार बन्ने तयारीसहित पदबाट राजीनामा दिएका थिए ।
पुनको राजीनामालाई पनि यही निर्वाचन सन्दर्भसँग जोडेर हेरिएपनि त्यसबारे औपचारिक पुष्टि भने भएको छैन । उनको आगामी राजनीतिक कदमबारे चासो बढ्दै गएको छ ।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more