सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ७२ हजारमा झर्‍यो

१५ कात्तिक , काठमाडौ ।  नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आइतबार १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने

    Read more

    दश दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव धान खेतमा फेला, देवडिहा शोकमा

    Read more