रास्वपाको माग : सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह

भदौ २०, काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने गरेको निर्णयलाई गैरलोकतान्त्रिक भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।

पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागकी प्रमुख सुमना श्रेष्ठले शुक्रबार एक कार्यक्रममा समाजिक सञ्जाल निष्क्रिय गर्ने कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको अधिकार र सूचना प्रवाहमा गम्भीर असर पारेको उल्लेख गरेकी छन्।

सामाजिक सञ्जाललाई डिजिटल युगको अपरिहार्य मञ्च को रूपमा परिभाषित गरिएको छ। सामाजिक सञ्जाल केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगको सीमित साधन नभई विचार अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम बनेको रास्वपाको तर्क छ।

रास्वपाले सरकारले लिएको निर्णय तत्काल खारेज गरी जनताको पहुँचमा अवरोध सिर्जना गर्ने कार्य नगर्नु पर्ने चेतावनी दिएको छ। पार्टीले लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई मुक्त अभिव्यक्ति र स्वतन्त्र सञ्चारको वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह समेत गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more