मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको छ-मनिस झा

जेठ ३१,काठमाडौँ । रास्वपा सांसद मनिष झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको आरोप लगाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक-पटक अध्यागममा भइरहेको बद्मासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता गरेको आरोप लगाएका हुन् ।

आफ्नो संलग्नता लुकाउनको लागि गृह मन्त्रालयले अनुसन्धानमै रहेका कर्मचारीको जिल्ला सरुवा गरेको समेत उनको आरोप छ । उनले अध्यागमनको अनियमितता केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गर्दै छानबिन समिति गठनको माग माग गरे। समाचारमा माध्यमहरुमा भिजिट भिसा प्रकरणबारे प्रयाप्त प्रमाणहरु आइसकेको उल्लेख गर्दै गृह नेतृत्वमालुटतन्त्र मच्चाइएको उनले आरोप लगाए। भिजिट भिसा प्रकरणको आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत झाले बताए ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply