महोत्तरी कारागारबाट फरार कैदीहरूलाई २४ घण्टाभित्र स्वेच्छाले फर्किन अपिल

भदौ २५ , जलेश्वर । कारागार कार्यालय महोत्तरीले आन्दोलनकै क्रममा बन्दीगृहमा भएको भागदौडपछि फरार भएका कैदीबन्दीहरुलाई स्वेच्छाले फर्किन हार्दिक अपिल गरेको छ।

कारागार प्रशासनका अनुसार भदौ २४ गते साँझ करिब ७ बजेतिर आन्दोलनको क्रममा अप्रत्यासित रुपमा कैदीबन्दीहरुले भागमभाग मच्चाएपछि केही बन्दी भाग्न सफल भएका थिए। यस सम्बन्धमा कारागार प्रशासकले विज्ञप्ति जारी गर्दै फरार कैदीहरुलाई २४ घण्टाभित्र स्वेच्छाले कारागारमा फर्किन आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “स्वेच्छाले फर्किने बन्दीबन्दीहरुमाथि कानुनअनुसार सजाय घटाउने सुविधा मिल्न सक्नेछ तर तोकिएको समयमा नफर्केमा कानुन बमोजिम कडाइका साथ सजायको व्यवस्था हुनेछ।”

कारागार प्रशासनले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सुरक्षामा थप कडाइ गरिएको जनाएको छ। साथै, जनताको सहयोग बिना फरार कैदीलाई नियन्त्रणमा लिन कठिन हुने भएकाले नागरिकलाई समेत खबरदारी अपनाउन आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more