जनकपुरधाममा स्कुल–कलेज अनिश्चितकालका लागि बन्द

भदौ २५,जनकपुरधाम। Gen-Z आन्दोलनका क्रममा विद्यार्थीहरूले सहादत दिनुपरेको घटनाप्रति गहिरो संवेदना व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिका भित्रका सम्पूर्ण स्कुल तथा कलेजहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको छ।

प्याब्सन र एन–प्याब्सन  (रबिन्द्र चौधरी र दिपक ठाकुर) जनकपुरले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यमान भीषण परिस्थिति र संवेदनशील सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना नआएसम्म पठनपाठन स्थगित गरिएको जानकारी गराएका छन्।

संयुक्त विज्ञप्तिमा सहादत प्राप्त विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शिक्षण संस्था बन्द गर्नु बाध्यात्मक निर्णय भएको उल्लेख गरिएको छ। साथै, परिस्थिति सामान्य भएसँगै पुनः शैक्षिक गतिविधि सञ्चालन गरिने स्पष्ट गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more