मधेसमा पाँच नयाँ मन्त्रीको शपथ, अर्थमा भट्टराई र भौतिकमा समिर

१२ जेठ, जनकपुरधाम।  मधेस प्रदेश सरकारमा पाँच नयाँ मन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूमध्ये युवराज भट्टराई  लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मो समिर लाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
त्यस्तै नागेन्द्र साह लाई स्वास्थ्य मन्त्रालय, शारदा देवि थापा लाई श्रम तथा यातायात मन्त्रालय र लखन दाश लाई युवा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै मनोज सिह लाई शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेश सरकार स्रोतले जनाएको छ।
नवनियुक्त मन्त्रीहरूको शपथसँगै मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनले नयाँ राजनीतिक समीकरणलाई औपचारिकता दिएको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more