फेसबुक मनिटाइजेसनमा नेपाल समावेश भएकोमा नेता बस्नेतको स्वागत

भदौ १७ , काठमाडौ । एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले फेसबुकले नेपाललाई मनिटाइजेसन ‘Eligible Country’ को सूचीमा राखेकोमा खुशी व्यक्त गर्दै सरकार र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई धन्यवाद दिएका छन् ।

बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अब नेपाली कन्टेन्ट क्रिएटरहरूले नेपालमै बसेर कानुनी रूपमा आम्दानी गर्न सक्ने स्पष्ट पारेका छन् । उनका अनुसार नेपाली क्रिएटरहरूले नेपालकै बैंक खाता जोड्न, VPN प्रयोग नगरी प्रत्यक्ष कमाई गर्न सक्नेछन् ।

“यो केवल मनिटाइजेसन मात्र होइन, युवालाई सिर्जनशीलता र मेहनतमार्फत रोजगारी, उद्यमशीलता र आत्मनिर्भर भविष्यतर्फ डोऱ्याउने ‘गेम चेन्जर’ क्षण हो,” बस्नेतले भनेका छन् ।उनका अनुसार यो कदमले नेपालका युवालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गर्नेछ र रोजगारी सिर्जना गर्न पनि सहयोग पुग्नेछ ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more