प्रतिनिधिसभा निर्वाचनका लागि २६५५ जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवारको संख्या न्यून

माघ ६, काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उक्त संख्यामा मनोनयन दर्ता भएको

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रवक्ता भट्टराईका अनुसार केही जिल्लामा मनोनयन दर्ताको प्रक्रिया अझै जारी रहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने छ। उनले मनोनयन दर्ता गराउनेमध्ये महिलाको संख्या अत्यन्त न्यून रहेको उल्लेख गरे।
आयोगका अनुसार उम्मेदवारी दर्ता गराउनेमध्ये २ हजार ३ सय ५२ जना पुरुष रहेका छन् भने महिलाको संख्या ३ सय ३ जना मात्र रहेको छ।
प्रवक्ता भट्टराईले उम्मेदवारहरूको प्रारम्भिक नामावली मंगलबार साँझ ८ बजेसम्म प्रकाशन गरिने जानकारी दिए। साथै बुधबार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी–विरोध गर्न सकिने कार्यसूची रहेको पनि उनले बताए।
निर्वाचन आयोगले तोकेको तालिकाअनुसार बाँकी प्रक्रिया अघि बढाइने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more