१० फागुन, काठमाडौ । — आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले सरकारसमक्ष तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार मतदाताको अधिकतम सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको हो।
भण्डारीले बिदा स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय सरकारको हातमा रहेको स्पष्ट पारे। आयोगको सिफारिसअनुसार सरकारले निर्णय गरेमा लगातार सात दिनसम्म सार्वजनिक बिदा पर्ने सम्भावना देखिएको छ।
फागुन १८ र १९ गते होली पर्व, त्यसपछि २० र २१ गते निर्वाचन, २३ र २४ गते शनिबार–आइतबार तथा सोही साता अन्तर्राष्ट्रिय नारी दिवस परेकाले लामो बिदा हुन सक्ने आँकलन गरिएको छ। आयोगले यस व्यवस्थाले मतदातालाई सहज रूपमा मतदानमा सहभागी हुन अनुकूल वातावरण सिर्जना गर्ने अपेक्षा गरेको छ।

















