ईरानको प्रस्ताव: होर्मुज जलडमरूमध्य खोल्ने र तनाव अन्त्य गर्ने पहल, परमाणु वार्ता पछि सार्ने संकेत

१५ बैशाख , काठमाडौ ।  ईरान ले अमेरिका समक्ष एक महत्वपूर्ण प्रस्ताव अघि सारेको छ, जसमा होर्मुज जलडमरूमध्य पुनः खोल्ने र जारी तनाव अन्त्य गर्ने विषय समेटिएको छ।
अमेरिकी सञ्चारमाध्यम Axios को रिपोर्टअनुसार तेहरानले वासिङ्टनसँग सम्भावित सम्झौताको प्रस्ताव राखेको हो। उक्त प्रस्तावमा होर्मुज जलडमरूमध्य खुला गर्ने तथा क्षेत्रीय द्वन्द्व अन्त्य गर्न सहमति खोज्ने उल्लेख गरिएको छ।
तर, ईरानले आफ्नो परमाणु कार्यक्रमसम्बन्धी वार्तालाई भने तत्कालका लागि स्थगित गर्दै पछि चरणमा मात्रै अघि बढाउने संकेत दिएको छ।
रिपोर्टमा एक अज्ञात अमेरिकी अधिकारी र यस विषयमा जानकारी राख्ने दुई स्रोतलाई उद्धृत गर्दै भनिएको छ कि प्रस्तावले तत्काल तनाव घटाउने उद्देश्य राखे पनि परमाणु मुद्दालाई अलग राखिएको छ।
विश्लेषकहरूका अनुसार होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यसको खुलापनले अन्तर्राष्ट्रिय बजारमा स्थिरता ल्याउन सक्छ। तर, परमाणु कार्यक्रमलाई पछि सार्नुले दीर्घकालीन कूटनीतिक समाधानमा जटिलता थप्न सक्ने आकलन गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more