जेठ २९, भारत।इण्डियन मिडिया अनुसार अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भयो। विमानमा कुल २४२ जना सवार थिए, जसमध्ये २३० जना यात्रु थिए भने बाँकी चालक दलका सदस्य थिए।
गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री र अहमदाबादका प्रहरी आयुक्तसँग कुरा गरेर विस्तृत जानकारी लिए र सबै सम्भव सहयोगको आश्वासन दिए।
बिस्तृत बिवरण आउन बाकी रहेको छ।

















