मोदीसँगको भेट फलदायी, विकास कूटनीतिको नयाँ युगमा सहमति : रवि

२० जेठ, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता अत्यन्त फलदायी रहेको बताएका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग भएको करिब एक घण्टाको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लामिछानेले दुई देशबीच विकास कूटनीतिको नयाँ युग सुरु गर्ने विषयमा साझा दृष्टिकोण रहेको उल्लेख गरेका छन्।

उनले नेपाल र भारतले विगतका सीमितताभन्दा माथि उठेर साझा सभ्यतागत सम्बन्ध, डिजिटल कनेक्टिभिटी तथा सहज आवागमनलाई केन्द्रमा राख्दै सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

लामिछानेले नेपाल र भारतबीचको साझेदारी प्रगति, विश्वास र साझा समृद्धिमा आधारित हुनुपर्ने उल्लेख गर्दै यस्ता सम्भावनालाई दुवै देशका नागरिकको हितमा व्यवहारमा उतार्न रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।

उनले प्रधानमन्त्री मोदीको दूरदृष्टिप्रति सहमति जनाउँदै नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहकार्य आवश्यक रहेको बताएका छन्।

 

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more