जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

७ जेठ, जनकपुरधाम।  जनता समाजवादी पार्टी नेपाल मा समाहित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितको संयुक्त मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत रूपमा चयन भएका छन्।

बुधबार र बिहीबार दुई दिनसम्म बसेको संयुक्त संसदीय दलको बैठकले बिहीबार यादवलाई दलको नेतामा चयन गरेको हो। मधेश प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकले सहमतिका आधारमा पूर्व मुख्यमन्त्रीसमेत रहेका यादवलाई नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ।

पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य सञ्जय कुमार यादव ले बैठकबाट सर्वसम्मत निर्णय गरिएको जानकारी दिएका छन्।
हाल मधेश प्रदेश सभामा जसपा नेपालका १८ तथा लोसपाका ८ गरी संयुक्त रूपमा २६ जना प्रदेश सभा सदस्य रहेका छन्। पार्टी एकीकरणपछि संयुक्त संसदीय दल गठन भएसँगै नेतृत्व चयनलाई महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    डीडीसीमा १२ करोडभन्दा बढीको गैरकानुनी लाभ लिएको आरोपमा पूर्वमहाप्रबन्धक झासहित ८ जना पक्राउ

    Read more

    प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

    Read more